एक शब्बाथमा येशू एक जना प्रतिष्ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो। त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो। येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्हरूलाई सोध्नुभयो, “शब्बाथमा निको पार्नु उचित छ कि छैन?” तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा वा गोरु छ र त्यो शब्बाथमा इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?” तिनीहरूले केही पनि जवाफ दिन सकेनन्। भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त भन्नुभयो: “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ। यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्लो स्थानमा बस्नुपर्नेछ। तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्नुहोस्।’ तब तिमीसँग भोजमा बस्नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ। किनकि आफूलाई उच्च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्च पारिनेछ।” त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”
लूका 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 14:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू