YouVersion लोगो
खोज आइकन

लूका 13:22-30

लूका 13:22-30 NCV

त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो। त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँघुरो ढोकाबाट भित्र पस्‍ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्। जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’ “तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’ “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’ “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्। अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”

लूका 13 पढ्नुहोस्