एलीशिबाले मरियमको अभिवादन सुन्नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ। तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।” अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्, किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्। उहाँको करुणा उहाँको भय मान्नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्च पार्नुभएको छ। उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ। उहाँले कृपालु बन्न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; उहाँले हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्नुभएको थियो।” मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:41-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू