YouVersion लोगो
खोज आइकन

लेवी 17

17
रगत खान निषेध गरिएको
1याहवेहले मोशालाई भन्‍नुभयो, 2“हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘याहवेहले यस्तो आज्ञा दिनुभएको छ: 3कुनै इस्राएलीले गोरु,#17:3 हिब्रू शब्दले नर वा मादा दुवैलाई जनाउन सक्छ। थुमा अथवा बाख्रालाई छाउनीभित्र वा बाहिर बलिदान गर्छ र याहवेहको समागम पाल सामु उहाँलाई दानस्वरूप प्रस्तुत गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा तिनीहरूलाई ल्याउँदैन, 4अनि याहवेहको भेट हुने पाल सामु उहाँलाई बलिस्वरूप चढाउनलाई समागम पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिस रक्तपातको दोषी ठहरिनेछ। त्यसले रगत बगाएकोले त्यो आफ्ना मानिसहरूदेखि अलग गरिनुपर्छ। 5यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्‍ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ। 6पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्‍नास्वरूप जलाओस्। 7तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई#17:7 अथवा भूतहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्;#17:7 यसले याहवेहप्रति इमानदारीता कायम नगरिएको जनाउँदछ। तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’
8“तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्‍ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ, 9अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’
10“ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्‍ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु। 11किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्‍चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्‍चित गरिन्छ। 12यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”
13“ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्‍यो भने त्यसले रगत निथारेर माटोले पुरोस्। 14किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।”
15“ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ। 16तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’ ”

अहिले सेलेक्ट गरिएको:

लेवी 17: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्