YouVersion लोगो
खोज आइकन

योना 3

3
योना निनवेमा गएका
1त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो: 2“त्यो ठूलो सहर निनवेमा जा, र मैले तँलाई दिएको सन्देश जे छ, त्यसलाई घोषणा गर्।”
3योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर#3:3 मूल भाषामा परमेश्‍वरको निम्ति महान् थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो। 4योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्‍वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्‍ट पारिनेछ।” 5निनवेका मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।
6जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे। 7त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे:
राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार:
“मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्। 8तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्‍वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्‍ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्। 9कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्‍वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।”
10जब परमेश्‍वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्‍ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।

अहिले सेलेक्ट गरिएको:

योना 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्