YouVersion लोगो
खोज आइकन

इयोब 42:1-10

इयोब 42:1-10 NCV

तब इयोबले याहवेहलाई जवाफ दिए: “म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ; तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन। तपाईंले मलाई सोध्नुभयो, ‘त्यो को हो, जसले ज्ञानविना मेरो योजनालाई अस्पष्‍ट पार्दछ?’ साँच्‍चै मैले नबुझेका कुराहरू बोलेँ, मैले जान्‍नै नसकेका अचम्मका कुराहरू बोलेँ। “तपाईंले मलाई भन्‍नुभयो, ‘अब सुन्, र तँसँग म बोल्नेछु; म तँलाई सोध्नेछु, र तैँले मलाई जवाफ दिनेछस्।’ तपाईंको बारेमा मेरा कानले सुनेको मात्र थिएँ, तर अहिले तपाईंलाई मेरा आँखाहरूले देखेका छन्। यसैकारण म आफूलाई तुच्छ ठान्दछु, अनि म धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्दछु।” याहवेहले यी सबै कुराहरू इयोबलाई भन्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “मेरा सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु। यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरा सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरा सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।” यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्‍नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो। इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो।

इयोब 42 पढ्नुहोस्