YouVersion लोगो
खोज आइकन

इयोब 35

35
1तब एलिहूले भने:
2“के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ?
तपाईं भन्‍नुहुन्छ, ‘म ठिक छु, तर परमेश्‍वर ठिक हुनुहुन्‍न।’
3अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र,
अनि मैले पाप नगरेर के लाभ भयो र?’
4“म तपाईंलाई र
तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु।
5आकाशतिर दृष्‍टि लगाएर हेर्नुहोस्;
तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्।
6यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र?
यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र?
7यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ,
अर्थात् उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र?
8तपाईंको दुष्‍टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ,
र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ।
9“मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्;
तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्।
10तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ;
जसले अन्धकारमा गीतहरू दिनुहुन्छ,
11जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ,
र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’
12दुष्‍ट मानिसहरूको घमण्डको कारण
उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्‍न।
13वास्तवमा परमेश्‍वरले तिनीहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न;
सर्वशक्तिमान्‌ले त्यसलाई ध्यानै दिनुहुन्‍न।
14त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्‍नुहुन्छ,
उहाँले झन् कति थोरै सुन्‍नुहोला;
जबकि तपाईंको मुद्दा उहाँको सामु छ;
र तपाईंले उहाँलाई पर्खनैपर्छ,
15अनि अझ बढी, जब तपाईंले भन्‍नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन,
र उहाँले दुष्‍टतामा पटक्‍कै ध्यान दिनुहुन्‍न।
16यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ;
ज्ञानविना उनले धेरै शब्द बोल्छन्।”

अहिले सेलेक्ट गरिएको:

इयोब 35: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्