YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:24-29

यूहन्‍ना 8:24-29 NCV

मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनें, यदि तिमीहरूले मैले आफूलाई जे हुँ भनी दाबी गर्छु; म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।” तिनीहरूले सोधे, “तिमी को हौ ता?” येशूले जवाफ दिनुभयो, “म जो हुँ भनी मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ। तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।” उहाँले पिताको विषयमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्। त्यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्‍ति म उही हुँ, र मैले आफ्नै तर्फबाट केही पनि नगर्ने रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दो रहेछु भनी तिमीहरूले थाहा पाउनेछौ। जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन; किनकि म सधैं उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।”

यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:24-29 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति