YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 7:45-53

यूहन्‍ना 7:45-53 NCV

अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।” फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र? तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।” निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने, “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?” तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।” त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।

यूहन्‍ना 7 पढ्नुहोस्