अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो ता कुनै पनि मानिसले कहिल्यै बोलेन।” फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्वास गरेको छ र? तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।” निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, र जो तिनीहरूमध्येकै एक थिए, तिनले भने, “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्नको लागि नजाँची, र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?” तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर; र तिमीले थाहा पाउनेछौ कि, गालीलबाट कुनै अगमवक्ता निस्किँदैन।”
यूहन्ना 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 7:45-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू