येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।” यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई पनि आफ्नै पिता भन्नुभएको थियो। येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ। किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ। किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ। यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ, ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन। “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
यूहन्ना 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:17-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू