YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:24-29

यूहन्‍ना 20:24-29 NCV

बाह्र चेलाहरूमध्ये एकजना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा त्यहाँ थिएनन्। “हामीले प्रभुलाई देख्यौं” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका चोट नदेखेसम्म, र मैले मेरा औंलाहरू त्यहाँ नहालेसम्म, अनि उहाँको कोखामा हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।” एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा, थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिएर उहाँले भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औंलाहरू यहाँ राख, मेरा हातहरू हेर; र तिम्रा हात मेरा कोखामा राख। अबदेखि उसो, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!” त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।”

यूहन्‍ना 20 पढ्नुहोस्