YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 2

2
येशूले पानीलाई दाखमद्यमा बदल्नुभएको
1तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। 2अनि येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए। 3दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”
4येशूले जवाफ दिनुभयो, “हे नारी,#2:4 येशूले प्रयोग गर्नुभएको यो शब्द पूर्ण आदरणीय शब्द हो। मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
5उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
6यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक सय लिटर पानी अट्ने ढुङ्गाका छओटा घ्याम्पाहरू त्यहीं नजिकै थिए।
7येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
8त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।”
तिनीहरूले त्यसै गरे। 9जब भोजका नाइकेले त्यो पानी चाखे, जुन दाखमद्य बनिसकेको थियो। त्यो कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाएर भने 10र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, अनि सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ, तर तिमीले ता सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
11येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अलौकिक चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।
12यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो।
येशूले मन्दिर शुद्ध गर्नुभएको
13यहूदी निस्तार चाडको बेला आउनलागेपछि, येशू यरूशलेम जानुभयो। 14उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, अनि अरूहरूलाई बसेर पैसा#2:14 पैसा सिजरको चित्र भएको रोमी सिक्‍का मन्दिरमा चढाउने सीक्‍कासँग साट्नु साट्दै गरिरहेका भेट्टाउनुभयो। 15तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूसमेतलाई मन्दिर क्षेत्रबाट बाहिर लखेट्नुभयो, र पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्‍ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। 16उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई एउटा बजार बनाउने कत्रो साहस!” 17उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”#2:17 भजन 69:9
18त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्नलाई तिमीले हामीलाई के आश्‍चर्यमय चिन्ह देखाउन सक्छौ?”
19येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
20तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो, अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?” 21तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो। 22उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे।
23अब निस्तार चाडको#2:23 निस्तार चाड यो इस्राएलीहरूले इजिप्टको दासत्वबाट छुटकारा पाएको सम्झनामा मनाइने अति महत्त्वपूर्ण चाड हो भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे, र उहाँको नाउँमा विश्‍वास गरे। 24तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन, किनकि उहाँले सबै मानिसलाई चिन्‍नुहुन्थ्यो। 25उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनमा के छ भनी उहाँले जान्‍नुहुन्थ्यो।

अहिले सेलेक्ट गरिएको:

यूहन्‍ना 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्