YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 19:38-42

यूहन्‍ना 19:38-42 NCV

त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजान पाऊँ भनी अनुमति मागे। योसेफ येशूका चेला थिए। तर यो कुरा गोप्य थियो; किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे। येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए। ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो। येशू क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो। त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन। यहूदीहरूको तयारीको दिन परेकोले अनि त्यो चिहान नजिकै भएकोले गर्दा तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे।

यूहन्‍ना 19 पढ्नुहोस्