“पिताले मलाई प्रेम गर्नुभएझैं, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब मेरो प्रेममा रहिरहो। मेरा आज्ञा तिमीहरूले मान्यौ भने, तिमीहरू मेरो प्रेममा रहेका हुन्छौ, जसरी मैले पनि मेरा पिताको आज्ञा मानेर उहाँको प्रेममा रहेको छु। मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्दपूर्ण होस्। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने, तिमीहरू मेरा मित्रहरू हौ। अबदेखि म तिमीहरूलाई सेवक भन्दिनँ, किनकि सेवकलाई आफ्ना मालिकको कामकुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु।
यूहन्ना 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 15:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू