“जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्छु। त्यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। “मेरो आज्ञा यही हो– जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर। साथीको निम्ति आफ्नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन। यदि तिमीहरूले मेरो आज्ञापालन गरिरह्यौ भने तिमीहरू मेरा साथी हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ किनभने नोकरले मालिकले के गर्दै छ, त्यो जान्दैन। म तिमीहरूलाई साथी भन्छु किनभने मेरा पिताबाट सुनेका सबै कुराहरू मैले तिमीहरूलाई बताइसकेको छु।
यूहन्ना 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 15:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू