निस्तार चाड सुरु हुनुभन्दा छ दिन अघि येशू लाजरस बस्ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्नेहरूमध्ये एक थिए। अनि मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति महङ्गो अत्तर ल्याइन् र येशूको पाउमा खन्याएर आफ्नै कपालले येशूको पाउ पुछी; अनि अत्तरको सुवास्नाले घर भरियो। उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, “यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो। तर त्यसले गरिबहरूको चिन्ता गरेर नै यसो भनेको होइन, तर त्योचाहिँ चोर थियो, र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो। येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्नदेऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। गरिबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म ता तिमीहरूसँग सधैं रहनेछैनँ।”
यूहन्ना 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू