YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:21-27

यूहन्‍ना 11:21-27 NCV

मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन। हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जेसुकै विन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरू पुनर्जीवित हुँदा ऊ पनि जीवित पारिनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “जीवित पार्ने र जीवन दिने म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ। जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन; मार्था, के तिमी यो विश्‍वास गर्छ्यौ?” “निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।”

यूहन्‍ना 11 पढ्नुहोस्