भोलिपल्ट येशूले गालील जाने निश्चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्नुभयो, “मलाई पछ्याऊ।” फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा शहरका नै बासिन्दा थिए। फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौं, योसेफका पुत्र नासरतका येशूलाई।” “नासरत!” नथानेलले छक्क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरो आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने। येशूले नथानेललाई आफूतिर आउँदै गरेका देख्नुभएपछि तिनको विषयमा भन्नुभयो, “हेर, एकजना साँच्चै इस्राएली, जसमा कुनै छलकपट छैन।” “तपाईंले मलाई कसरी चिन्नुभयो?” नथानेलले सोधे। “फिलिपले तिमीलाई बोलाउनुभन्दा अघि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखें।” येशूले जवाफ दिनुभयो। तब नथानेलले “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे। येशूले भन्नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखें भनी तिमीलाई भनेकोले नै तिमी विश्वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।” अनि उहाँले अझै भन्नुभयो, “म तिमीलाई साँच्चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका दूतहरूलाई मानिसका पुत्रमाथि उक्लँदै र ओर्लंदै गरेका देख्नेछौ।”
यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:43-51
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू