याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ। अनि तिमीहरूले यस देशका मानिसहरूसित करार नबाँध्नू, तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू।’ तापनि तिमीहरूले मेरो आज्ञा भङ्ग गर्यौ। तिमीहरूले किन यसो गर्यौ? यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्।’ ” याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए। अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए।
न्यायकर्ता 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 2:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू