के तिमीहरूमध्ये कोही सङ्कष्टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्। के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका प्रधानहरूलाई त्यसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरिदिन बोलाउनुपर्छ। अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले त्यसलाई उठाउनुहुनेछ। यदि त्यसले पाप गरेकै छ भने, त्यसले क्षमा पाउनेछ। यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनालाई एक-अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर व्यग्रसहित प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, अनि पृथ्वीले आफ्ना अन्नहरू उब्जायो। हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने, यो याद होस्: जसले एकजना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, त्यसले त्यसलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।
याकोब 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकोब 5:13-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू