YouVersion लोगो
खोज आइकन

याकोब 1:1-8

याकोब 1:1-8 NCV

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन! मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ र शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।

याकोब 1 पढ्नुहोस्