प्रभु याहवेहको आत्मा ममाथि छ; किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति याहवेहले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न, कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न, र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न, याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन, र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन, तिनीहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट प्रदान गर्न, विलापको सट्टा आनन्दको तेल दिन, निराशाको आत्माको सट्टा प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ। उहाँको गौरव प्रदर्शन गर्न तिनीहरूलाई याहवेहले रोप्नुभएको धार्मिकताका फलाँटहरू भनिनेछन्। तिनीहरूले प्राचीन भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछन्; अनि धेरै पहिले भत्काइएका ठाउँहरूलाई पुनर्स्थापित गर्नेछन्; पुस्तौँसम्म भत्काएर उजाड र ध्वस्त पारिएका सहरहरूलाई तिनीहरूले मर्मत गरेर फेरि बसाल्नेछन्।
यशैया 61 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 61:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू