YouVersion लोगो
खोज आइकन

होशे 3

3
आफ्नी पत्नीसित होशेको पुनर्मिलन
1याहवेहले मलाई भन्‍नुभयो, “गएर तेरी पत्नी गोमेरलाई फेरि प्रेमभाव देखा; त्यसलाई अर्को मानिसले प्रेम गरेको भए तापनि वा त्यो व्यभिचारिणी भए तापनि त्यसलाई प्रेम गर्। जसरी तिनीहरू अरू देवताहरूतिर फर्किए, र तिनीहरूलाई चढाएको किसमिसको खानेकुरा मन पराए, तर पनि याहवेहले इस्राएलीहरूलाई प्रेम गर्नुभयो, त्यसरी नै तैँले त्यसलाई प्रेम गर्।”
2यसकारण मैले गोमेरलाई पन्ध्र शेकेल#3:2 लगभग 170 ग्राम चाँदी, एक र आधा होमेर#3:2 लगभग 195 किलो जौ दिएर किनेँ। 3तब मैले त्यसलाई भनेँ, “तिमी मसँग धेरै दिनसम्म बस्‍नुपर्नेछ; तिमीले वेश्यावृत्ति नगर्नू, र अरू मानिसहरूसँग घनिष्‍ठ सम्बन्ध नराख्नू; तब म पनि तिमीसँग त्यस्तै व्यवहार गर्नेछु।”
4किनकि इस्राएलीहरू धेरै दिनसम्म राजा वा शासक, बलिदान वा पवित्र ढुङ्गा, एपोद वा घर देवताविना रहनेछन्। 5त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन्; अनि याहवेह तिनीहरूका परमेश्‍वरलाई र दावीद तिनीहरूका राजालाई खोज्नेछन्। त्यसपछि तिनीहरूले याहवेहको भय मान्‍नेछन् र अन्त्यका दिनहरूमा उहाँबाट आशिष् पाउन आउनेछन्।

अहिले सेलेक्ट गरिएको:

होशे 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्