इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ; किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन। यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन। जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए। तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।” यस्तै प्रकारले तिनले वासस्थान र विधिहरूमा प्रयोग गरिने हरेक थोकमाथि रगत छर्के। वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन। तब यी बलिदानहरूले स्वर्गीय चीजहरूका नक्कलहरूलाई शुद्ध हुनु खाँचो परेको थियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्यो। किनकि ख्रीष्ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्वरको उपस्थितिमा देखा पर्नुहुन्छ। हरेक वर्ष प्रधान पुजारी अरूको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गरेजस्तै उहाँ आफूलाई बारम्बार अर्पण गर्न स्वर्गमा प्रवेश गर्नुभएन। त्यसो भएको भए ख्रीष्टले संसारको सृष्टिदेखि नै धेरै पल्ट कष्ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ। जसरी मानिसले एक पल्ट मर्नु निश्चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ; त्यसरी नै ख्रीष्ट पनि धेरैको पाप उठाइलैजान एकै पल्ट बलिदान हुनुभयो; अनि दोस्रो पल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
हिब्रूहरू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 9:16-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू