किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले, उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो। परमेश्वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ जुन बदली हुन सक्दैन; किनकि परमेश्वरलाई झूट बोल्न असम्भव छ। परमेश्वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्। यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन पर्दा भित्रको पवित्रस्थानमा प्रवेश गर्दछ। जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ, किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदा-सर्वदाको लागि प्रधान पूजाहारी हुनुभएको छ।
हिब्रूहरू 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 6:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू