YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 10:1-14

हिब्रूहरू 10:1-14 NCV

व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्‍याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन। यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्। तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ। यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो। होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्‍न हुनुभएन। तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्‍वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ” पहिला उहाँले भन्‍नुभयो, “बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्‍न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ। तब उहाँले भन्‍नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो। अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्‍टको शरीरको एक पल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ। पुरानो करारमा हरेक पुजारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन। तर जब यी प्रधान पुजारीले सधैँको लागि पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभयो; त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ; किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ।

हिब्रूहरू 10 पढ्नुहोस्