इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।” तब योसेफले तिनीहरूलाई इस्राएलका काखबाट हटाए, र आफ्नो अनुहार भुइँतिर पारेर दण्डवत् गरे। अनि योसेफले ती दुवैलाई लिए, एफ्राइमलाई आफ्नो दाहिने हातले समातेर इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रे हातले समातेर इस्राएलको दाहिनेपट्टि पारेर तिनका नजिक ल्याए। तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे। तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्वासयोग्य भएर हिँडे, जुन परमेश्वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ, ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।”
उत्पत्ति 48 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 48:11-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू