इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख देख्न पाउँला भनी ठानेकै थिइनँ, तर हेर्, मलाई तेरा सन्तान पनि परमेश्वरले देख्न दिनुभयो।” तब योसेफले तिनीहरूलाई इस्राएलका घुँड़ाबाट हटाए, र तिनले भूइँमा घोप्टेर साष्टाङ्ग प्रणाम गरे। योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए। तर इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा राखे, र मनश्शे जेठा भए पनि यिनैको टाउकोमा इस्राएलले आफ्नो देब्रे हात राखे। तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँड्थे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोर्याउनुभएको छ, ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्। यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्। र पृथ्वीमा यिनीहरू अनगन्ती भई संख्यामा बढून्।
उत्पत्ति 48 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 48
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 48:11-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू