YouVersion लोगो
खोज आइकन

उत्पत्ति 46:1-7

उत्पत्ति 46:1-7 NCV

यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए। अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!” उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु। म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।” तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए। यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए। याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।

उत्पत्ति 46 पढ्नुहोस्