यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “आफ्ना भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा छ र? बरु हामी यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ, र यसमाथि हातचाहिँ नहालौँ; आखिर जे भए तापनि यो हाम्रै भाइ, हाम्रै मासु र रगत हो।” अनि उनका दाजुभाइहरू सहमत भए। यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे। जब रूबेन खाडलमा फर्केर आए, तब योसेफलाई त्यहाँ नदेख्दा उनले आफ्ना वस्त्रहरू च्याते। उनी आफ्ना भाइहरूकहाँ गएर भने, “त्यो केटो त त्यहाँ छैन! अब म के गरूँ?” त्यसपछि उनीहरूले योसेफको लबेदा लिए, र एउटा बाख्रा मारेर त्यो लबेदालाई त्यस रगतमा चोपे। अनि त्यो राम्रो बुट्टेदार भएको लबेदा फर्काएर उनीहरूले आफ्ना पिताकहाँ लगेर भने, “हेर्नुहोस् त, हामीले यो लबेदा भेट्टाएका छौँ; के यो तपाईंको छोराको हो र?” तिनले त्यो चिनेर भने, “यो त मेरै छोराको लबेदा हो! कुनै डरलाग्दो जङ्गली पशुले योसेफलाई खाएछ क्यारे। पक्कै पनि त्यसलाई खाएर च्यात्तचुत्त पारेछ!” तब याकोबले आफ्ना वस्त्रहरू च्याते, भाङ्ग्रा ओढे र आफ्नो छोराको लागि धेरै दिनसम्म शोक गरिरहे। तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिन आए; तर तिनले शान्त हुन मानेनन्। तिनले भने, “होइनँ, म मेरो छोराकहाँ चिहानमा नगएसम्म शोक गरिरहनेछु।” यसरी तिनका पिताले तिनका निम्ति बिलौना गरिरहे। यही बीचमा ती मिद्यानीहरूले योसेफलाई इजिप्टमा फारोका अधिकारीहरूमध्ये एक जना अङ्गरक्षकका सेनापति पोतिफरलाई बेचिदिए।
उत्पत्ति 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 37:26-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू