YouVersion लोगो
खोज आइकन

उत्पत्ति 18:9-15

उत्पत्ति 18:9-15 NCV

तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।” उहाँहरूमध्ये एक जनाले भने, “निश्‍चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।” अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्। अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्‍चा जन्माउने उमेर पनि कटिसकेको थियो। यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्‍चै यो सुख प्राप्‍त होला?” तब याहवेहले अब्राहामलाई भन्‍नुभयो, “म बुढी भइसकेकीले के साँच्‍चै बच्‍चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।” सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्‍नुभयो, “हो, तँ हाँसेकै थिइस्।”

उत्पत्ति 18 पढ्नुहोस्