धोखामा नपर: परमेश्वरसँग ठट्टा हुँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्नेछ। जसले आफ्नो शरीरको पाप-स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले परमेश्वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। हामी भलाइ गर्न नथाकौं; किनकि यदि हिम्मत हारेनौं भने हामीले ठीक समयमा फसल कटनी गर्नेछौं। यसकारण अवसर पाएअनुसार सबै मानिसहरूको भलाइ गर्दै जाऔं, विशेष गरी विश्वासीहरूको परिवारलाई भलाइ गरौं।
गलाती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 6:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू