YouVersion लोगो
खोज आइकन

गलाती 1:11-17

गलाती 1:11-17 NCV

मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूले यो जानेको चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन। मैले कुनै मानिसबाट पाएको होइन, न ता कसैले मलाई सिकाएको हो, तर मैले सीधै येशू ख्रीष्‍टको प्रकाशबाट पाएको हुँ। किनकि यहूदी धर्ममा हुँदाको मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले कति भयानकरूपमा परमेश्‍वरको मण्डलीलाई सताएँ र नष्‍ट पार्न खोजेको थिएँ। मेरा समकालीन दौंतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ र मेरा पितापुर्खाका परम्पराहरूको निम्ति ज्यादै जोशिलो थिएँ। तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गर्नुहुने परमेश्‍वरले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, उहाँले आफ्नो पुत्र ममा प्रकट गराउन खुशी मान्‍नुभयो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न ता मभन्दा अघिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ, तर म अरब देशमा गएँ, र त्यसपछि म दमस्कस फर्केर आएँ।

गलाती 1 पढ्नुहोस्