YouVersion लोगो
खोज आइकन

इजकिएल 8:11-16

इजकिएल 8:11-16 NCV

ती चित्रहरूका सामु इस्राएलका सत्तरी जना प्रधानहरू उभिरहेका थिए। अनि शापानका छोरा याजन्याह तिनीहरूका बीचमा उभिरहेका थिए। हरेकको हातमा एक-एक वटा धुपौरा थिए, र धूपको सुगन्धित धुवाँको बादलमाथि उठिरहेको थियो। उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूले तिनीहरूका आफ्ना देवस्थानमा रहेर गुप्‍त रूपमा अन्धकारमा के गरिरहेका छन्, के तैँले देखेको छस्? तिनीहरू भन्छन्, याहवेहले हामीलाई देख्नुहुन्‍न; याहवेहले देशलाई त्यागिदिनुभएको छ।” उहाँले फेरि भन्‍नुभयो, “तिनीहरूले यीभन्दा अझ धेरै घृणित कामहरू गरेको तैँले देख्नेछस्।” तब उहाँले मलाई याहवेहको भवनको उत्तरी मूलढोकाको प्रवेशद्वारमा ल्याउनुभयो, र मैले त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि विलाप गरिरहेका देखेँ। उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्? तैँले यीभन्दा अझ धेरै घृणित कुराहरू देख्नेछस्।” तब उहाँले मलाई याहवेहको भवनको भित्री चोकमा ल्याउनुभयो। त्यहाँ दलान र वेदीको बीचमा मन्दिरको प्रवेशद्वारमा करिब पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ मन्दिरतिर र तिनीहरूका अनुहारहरू पूर्वतिर फर्काएर तिनीहरूले सूर्यलाई दण्डवत् गरिरहेका थिए।

इजकिएल 8 पढ्नुहोस्