YouVersion लोगो
खोज आइकन

इजकिएल 37:2-10

इजकिएल 37:2-10 NCV

उहाँले मलाई ती हड्डीहरूको बीचबाट अगि र पछि डोर्‍याउनुभयो; अनि मैले बेँसीको जमिनमा धेरै हड्डीहरू देखेँ; ती हड्डीहरू असाध्यै सुकेका थिए। उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” मैले भनेँ, “हे प्रभु याहवेह, त्यो त हजुरले मात्र जान्‍नुहुन्छ।” तब उहाँले मलाई भन्‍नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ। म तिमीहरूमा नसाहरू लगाइदिनेछु; अनि तिमीहरूमा मासु भरिदिनेछु, र तिमीहरूलाई छालाले ढाकिदिनेछु; म तिमीहरूभित्र सास हालिदिनेछु, तब तिमीहरू जीवित हुनेछौ। अनि ती जीवित भएका मानिसहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” उहाँले आज्ञा दिनुभएझैँ मैले अगमवाणी गरेँ। जब मैले अगमवाणी गरिरहेको थिएँ, तब कर्‍याक-कुरुक गरिएको एउटा आवाज सुनेँ। अनि ती हड्डीहरू एक-अर्कोसित नजिक-नजिक आए; अनि ती एक-अर्कासित जोडिन लागे। मैले हेर्दाहेर्दै ती हड्डीहरूमा नसाहरू र मासु देखा परे; अनि तीमाथि छालाले ढाकिए, तर ती शरीरहरूमा सासचाहिँ थिएन। तब उहाँले मलाई भन्‍नुभयो, “सासलाई अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गरेर सासलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएका मानिसहरूमा सास फुकिदे, ताकि यिनीहरू जीवित होऊन्।’ ” यसकारण उहाँले मलाई आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरेँ; अनि ती शरीरहरूभित्र सास पस्यो; तिनीहरू जीवित भए, र तिनीहरू आफ्ना खुट्टाहरूमा उभिए—एउटा विशाल सेनाको दल भए।

इजकिएल 37 पढ्नुहोस्