तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्। एस्तरले भनिन्, “यदि राजालाई असल लाग्यो भने, र हजुरले ममाथि निगाह राख्नुहुन्छ, साथै यसो गर्नु उचित हो भन्ने लाग्यो भने, र हजुर मसित प्रसन्न हुनुहुन्छ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नाश गर्ने षड्यन्त्र गरेर लेखेर पठाइएका पत्रहरूलाई रद्द गर्ने आदेश लेखियोस्। किनकि मेरा मानिसहरूमाथि विपत्ति आइपरेको म कसरी सहन सक्छु? म आफ्नो परिवारमा विनाश आइलागेको कसरी सहन सक्छु र?” राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ। अब राजाको नाममा यहूदीहरूको पक्षमा अर्को एउटा आदेश तिमीहरूलाई इच्छा लागेअनुसार लेख, र त्यसमा राजाको औँठी-छापको मोहर लगाइदेओ। किनकि राजाको नाममा लेखिएको र तिनको औँठी-छाप लगाएको कुनै पनि लिखित पत्र खारेज गर्न सकिँदैन।”
एस्तर 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 8:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू