YouVersion लोगो
खोज आइकन

एफिसी 5:29-33

एफिसी 5:29-33 NCV

कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले मण्डलीलाई गर्नुहुन्छ। किनकि हामी उहाँका शरीरका अङ्गहरू हौं। “यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्ना पत्नीसँग जोडिरहनेछ, अनि ती दुई एउटै शरीर हुन्छन्।” यो एक अति गहन रहस्य हो, तर मैले ता ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु। जसरी तिमी आफैलाई प्रेम गर्छौ, त्यसरी नै हरेकले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ, र पत्नीले आफ्ना पतिको आदर गर्नुपर्छ।

एफिसी 5 पढ्नुहोस्