यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ। सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्। यसकारण मूर्ख नबन, तर प्रभुको इच्छा के हो सो बुझ। दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण होओ। भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रीष्टको श्रद्धाको लागि एक-अर्काको अधीनतामा बस।
एफिसी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 5:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू