जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ। अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ। तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ। याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक।
व्यवस्था 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 30:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू