अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर। न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्नू। न्याय परमेश्वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”
व्यवस्था 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 1:16-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू