YouVersion लोगो
खोज आइकन

दानिएल 5:22-31

दानिएल 5:22-31 NCV

“तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन। त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्‍न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्‍वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्। यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो। “खोपिएको लेखोट यही हो: मेने, मेने, टेकेल, पर्सिन “यी शब्दहरूको अर्थ यही हो: “ मेने : परमेश्‍वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ। “ तकेल : हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ। “ पर्सिन : तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।” तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्‍याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्‍च शासक भनी घोषणा गरियो। त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए; अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए।

दानिएल 5 पढ्नुहोस्