“अनि तिमी बेलसजर उहाँकै छोरा हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन। तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँच्चो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन्, सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ। यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो। लेखौट यही हो: मने, मने, तकेल, पर्सीन। “अनि त्यो लेखौटको अर्थ यो हो: मने: अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ। तकेल: तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो। पर्सीन: तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।” यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो। त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए। अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 बर्षका थिए।
दानियलको पुस्तक 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानियलको पुस्तक 5:22-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू