YouVersion लोगो
खोज आइकन

कलस्सी 3:5-14

कलस्सी 3:5-14 NCV

यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो। यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ। तिमीहरू पनि एक पल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ। तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली। एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ। यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ। यसकारण परमेश्‍वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर। एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर। अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।

कलस्सी 3 पढ्नुहोस्