यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैं तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर। एक-अर्कालाई सहने गर; र यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर। अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ। तिमीहरू एउटै शरीरका अङ्गहरूझैं मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होऊ।
कलस्सी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 3:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू