YouVersion लोगो
खोज आइकन

कलस्सी 3:10-15

कलस्सी 3:10-15 NCV

अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ। यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सबै थोक र सबैमा मुख्य हुनुहुन्छ। यसकारण परमेश्‍वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर। एक-अर्कालाई सहने गर; यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर। अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ। तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्‍टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।

कलस्सी 3 पढ्नुहोस्