YouVersion लोगो
खोज आइकन

कलस्सी 3:1-11

कलस्सी 3:1-11 NCV

यसैले तिमीहरू ख्रीष्‍टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्‍ट, परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकेको छ। जब ख्रीष्‍ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्‍ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो। यस्तै पापहरूका कारणले परमेश्‍वरको क्रोध आइरहेछ। तिमीहरू पनि एकपल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ। तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली। एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्‍टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ। यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्‍का, केही भिन्‍नता छैन, तर ख्रीष्‍ट नै सब थोक र सबैमा मुख्य हुनुहुन्छ।

कलस्सी 3 पढ्नुहोस्