YouVersion लोगो
खोज आइकन

कलस्सी 2:6-15

कलस्सी 2:6-15 NCV

जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनी ग्रहण गर्‍यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्‍वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ। होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्। किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा बास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ। किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ। जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो। यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।

कलस्सी 2 पढ्नुहोस्