उनीहरूलाई छोडिएपछि, पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए र मुख्य पूजाहारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि, सबैले एकैसाथ उच्च सोरमा परमेश्वरमा प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दाविदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन् र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू उभिएका छन् र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो शहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे जुन तपाईंको शक्ति र इच्छाले यसै गर्ने भनेर पहिले नै निर्णय गरिसकेको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्नसक्ने बनाउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नाउँद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन र अद्भुत चिन्हहरू देखाउन र आश्चर्यपूर्ण कामहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” तिनीहरूका प्रार्थनापछि, तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
प्रेरित 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 4:23-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू