एक दिन पत्रुस र यूहन्ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए। त्यसै समयमा जन्मैदेखिको एउटा हिँड्न नसक्ने मानिसलाई बोकेर मन्दिरको सुन्दर भन्ने ढोकातिर लगिँदैथियो। त्यस ढोकामा त्यसलाई सधैं त्यसरी नै लगेर राखिन्थ्यो, जहाँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो। जब त्यसले पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेको देख्यो, तब त्यस हिँड्न नसक्नेले तिनीहरूसँग पैसा माग्यो। अनि पत्रुस र यूहन्नाले त्यसलाई नियालेर हेरे, अनि पत्रुसले भने, “हामीतिर हेर!” त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले उनीहरूलाई ध्यान दिएर हेर्यो। अनि पत्रुसले भने: “मसँग सुन वा चाँदी छैन, तर मसँग जे छ, त्यो तिमीलाई दिन्छु नासरतका येशू ख्रीष्टको नाउँमा तिमी हिँड।” यति भनेर आफ्नो दाहिने हातले त्यस हिँड्न नसक्नेलाई समातेर उनले उठाउन थाले, अनि त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। अनि त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरको आँगनहरूमा गयो।
प्रेरित 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 3:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू